स्नुकर प्रतियोगीता : सोलुदुधकुण्डका पासाङ र छिरिङ फाइनल प्रवेश

  हिमाल समाचार
1.4k Shares

स्टार युथ क्लव सोलुखुम्बुको आयोजनामा सोलुखुम्बुको सल्लेरीमा आयोजित जिल्ला स्तरीय स्नुकर प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिकाका पासाङ शेर्पा र छिरिङ शेर्पा फाइनल प्रवेश गरेका छन् ।

उनीहरुबीच प्रथम र द्धितीय स्थानका लागि मंगलबार मध्यान्न १२ बजेपछि खेल शुरु हुने क्लबका महासचिव सुन्दर तामाङ (विजय)ले जानकारी दिए । प्रतियोगीतामा पेम्बा शेर्पा र जमिन राईले तृतीय स्थान ओगटेका छन् ।

प्रतियोगीतामा पहिलो हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, द्धितीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउँदा तृतीय हुने दुई जनालाई २२ हजार २ सय २२ रुपैयाँ नगद प्रदान गरिने क्लबका खेल संयोजक तेन्जी शेर्पाले जानकारी दिए ।

*यसअघि फाइनलमा पुगेका खेलाडीको नाम अन्यथा भएकोमा सच्याइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार