‘सक्किगोनि’का कलाकार सोलुको पत्तालेमा,

  हिमाल समाचार
4.5k Shares

सोलुखुम्बु – नेपाली चर्चित हास्य टेलिश्रृंखला सक्किगोनिका कलाकारहरु सोलुखुम्बु आईपुगेका छन् । पर्यटन पर्वद्धनका लागि टेलिश्रृयलको १०० औँ अंक छायांकन गर्न भन्दै कथा निर्देशक कुमार कट्टेल (जिग्रि), हरि निरौला(कक्रोज), दिपक आचार्य (काकु) लगायतको टोली आज (शनिवार) पत्ताले आईपुगेका हुन् ।

सिरियल १०० अंकमा प्रवेश गरेको अवसरमा सोमबार पत्तालेमा उत्साव मनाउँदै सगरमाथा क्षेत्रको दृष्य समावेश छायांकन गरिने निर्देशक कट्टेलले बताए । बाँकी टिम आईतबा बेलुका पत्ताले आईपुग्ने छन् । सोमबार र मंगलबार पत्ताले क्षेत्रको दृष्य छायांकन गरि बुधबार फर्किने कार्यक्रम छ ।

कलाकारहरु अर्जुन घिमिरे(पाँडे), सागर लम्साल (बले), कमलमणी नेपाल(खुपीको बाउ), सिपि पुडासैनी (धतुरे), रक्षा श्रेष्ठ(रक्षा), गोविन्द कोइरला(जाइन्ते), मधुसुधन पाठक (सितेबा), प्रियना आचार्य(मुन्नी), रवि खनाल(नेता), सितादेवी तिमल्सेना (चन्द्रमुखी), रश्मी पाण्डे(माकुरी), सुबोद्य गौतम(एदुमे), पुरुषोतम आचार्य(प्रहरी), रामभजन कामत(रामभजन), भिमा मैनाली (मैना), सञ्जिता पाण्डे( सानु), कविराज भाम, भावना आचार्य (लुरी), सुमि मानन्धर (खुपी), लगायतका टिम सोलु आउने जनाइएको छ ।

जसका लागि जिल्लावासीहरुलाई सो दिन पत्ताले क्षेत्रमा आउनसमेत सक्किगोनि टिमले आग्रह गरेको छ । सक्किगोनि हास्य टेलिश्रृयल हरेक विहिबार बेलुका ९ बजेपछि हिमालयन टेलिभिजनबाट र युटुबमा इएच डिजिटल मार्फत प्रस्तुत हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार