शैक्षिक गुणस्तर अभिवृद्धि गर्न पालिका जस्तो सुकै मुल्य चुकाउन तयार छ : अध्यक्ष कार्की बस्नेत

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु- सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले समयको पालना गर्न र कर्तव्य निष्ठ भएर अध्यापन गराउन शिक्षकहरुलाई निर्देशन दिएकी छन् ।

आज(सोमबार) वडा नम्बर ३ स्थित हिमगंगा माविको निरीक्षण गर्दै अध्यक्ष बस्नेतले पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पालिका जस्तो सुकै मुल्य चुकाउन र कदम चाल्न पनि पछि नपर्ने भन्दै सबै जिम्मेवार भएर अघि बढ्न सुझाव दिइन् ।

साथै विद्यार्थी पनि अनुशासित भई आफ्नो उज्ज्वल भबिस्यका लागि मिहेनतका साथ अध्यन गर्न सुझाव दिइन् । यस्तै शिक्षा शाखा संयोजक रेखराज बस्नेतले सबै शिक्षकहरुले आफ्नो जिम्मेवारी वोध गरि अध्यापन गराउन आग्रह गरे ।

निरीक्षणको क्रमममा शौचालय सफा स्वच्छ राख्नु पर्ने, विज्ञान विषयमा प्रयोगात्मक अभ्यास अधित्तम रुपमा गराउनु पर्ने, विद्यालयमा गुनासो पेटिका राखि कर्तव्य निष्ठ शिक्षकहरुलाई गुनासो अधिकारी तथा सूचना अधिकारी विव्यसले तोक्न र दिवा खाजा व्यवस्थापन समिति समेत गठन गर्ने सुझाव दिइएको छ ।

आगामी शैक्षिक सत्रबाट कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय गणित विज्ञान, वातावरण विज्ञान र कम्प्युटर विज्ञान समेत रोजेर पढ्न पाउने गरि व्यवस्था मिलाउन सुझाव दिएको छ ।

निरीक्षण कार्यक्रममा पालिका अध्यक्ष मिना कार्की बस्नेत, उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, शिक्षा शाखा संयोजक रेखराज बस्नेत, वडा अध्यक्ष ध्रुव बहादुर बस्नेत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार