केपिलासगढीमा सुरु भयो निशुल्क स्वास्थ्य शिविर, पहिलो दिन ८ सय बढीले लिए लाभ

  दिपेन्द्र खनाल
70 Shares

सोलुखुम्बु – खोटाङको केपिलासगढी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

काठमाण्डौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा पालिकाले सुरु गरेको दुई दिने शिविरको आ सोमबार पहिलो दिन ८७५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

शिविरमा जनरल मेडिकल स्त्रीरोग, बाल रोग, शल्यकृया, मानसिक तथा नसा रोग, हाडजोर्नी, नशा, छाला तथा यौन, नाक कान, घाटी लगायतका सेवा प्रदान गरिएको गाँउपालिका अध्यक्ष समीर राईले बताए । उक्त शिविरमा दुर्गम भेगका ४ हजार जना नागरिक लाभान्वित हुने आँकलन गरिएको छ ।

जसका लागि मेडिकल कलेजका २६ जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुको टिम खटिरहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार