अनुजा कट्टेलको ‘स्वास्नीको किचकिच’सार्वजनिक (भिडियो)

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु – लोक दोहोरी गायिका अनुजा कट्टेलको ‘स्वास्नीको किचकिच’सार्वजनिक भएको छ ।

युवराज चौलागाईको शब्द र भाकामा तयार भएको गीतमा चौलागाई र कट्टेलको स्वर रहेको छ । जुजु गुरुङको एरेन्ज रहेको गीतलाई इन्द्रेणी डटकम यूट्यूवमार्फत डिजिटल बजारमा पठाइएको छ ।

उदिराम खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा युवराज चौलागाई, अनुजा कट्टेल, सुप्रिया खड्का लगायतको अभिनय रहेको छ । भिडियोमा क्यामरा र सम्पादकको भूमिका मिराज अर्यालले निर्वाह गरेका छन् ।

गीत पारिवारिक झगडामा केन्द्रीत छ । सोलुखुम्बुको नेचामा जन्मे हुर्केकी अनुजा सञ्चारकर्मी हुदैँ दोहोरी गायनमा संघर्षरत गायिका हुन् ।

https://youtu.be/4u29PZFvj8k

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार