टाक्सिन्दुमा हुने ‘मेरो प्रयास’सांगीतिक कार्यक्रमको तयारी पुरा

  हिमाल समाचार
714 Shares

सोलुखुम्बु – सोलुखुम्बुको टाक्सिन्दु स्थित नुनथलामा हुने ‘मेरो प्रयास’सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ । टाक्सिन्दु माविको आर्थिक सहयोगार्थ भोली शनिबार हुन लागेको गायक आङ गेलु शेर्पाको ‘मेरो प्रयास’ सांगीतिक साँझको तयारी सकिएको कार्यक्रमका प्रचार संयोजक कर्मा शेर्पाले जानकारी दिए ।

उनका अनुसार हाल सम्म मञ्च व्यवस्थापनसहितका सबै व्यवस्थापकिय कार्यहरु सकिएको छ । गायक रोज मोक्तान, बिसन मुकारुङ, निमा गेलु लामा, गायिका मिना राई, हाँस्यकलाकार उमेश राई (फूलन्देकी आमा) र डिजे तेन्जिङ नुनथला आईसकेको संयोजक शेर्पाले बताए ।

शनिबार विहान १० बजेबाट भव्यताका साथ सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले कार्यक्रमको उद्घाटन गर्ने गायक आङ गेलु शेर्पाले बताए । स्थानीय कलाकारको पनि प्रस्तुति रहने कार्यक्रमबाट टाक्सिन्दु माविमा प्लस टु सञ्चालनका लागि एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार