चिवाङ गुम्बामा कोरियनद्वारा निर्मित होस्टेल उद्घाटन

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ स्थित एक शताब्दी पुरानो चिवाङ गुम्बामा २ करोड बढीको लागतमा निर्माण गरिएको होस्टेलको उद्घाटन गरिएको छ । अम होङगिल ह्युमन फान्डेसन दक्षिण कोरियाले २ करोड २४ लाख ३५ हजार १०५ रुपैयाँको लागतमा निर्माण गरेको होस्टेलको आज शनिबार उद्घाटन गरिएको हो ।

होस्टेलको विश्व विख्यात हिमाल आरोही तथा समाजसेवी हम हङगिल र सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समाजसेवी हङगिलले सुविधा सम्पन्न होस्टेलले साना साना लामा विक्षुहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।

साथै उनीहरुले बुद्धको असल उपदेशहरुलाई विश्वमाझ फैलाउन सकोस भन्ने कामना समेत उनले व्यक्त गरेका छन् । यस्तै सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले धार्मिक र पर्यटकीय क्षेत्र चिवाङको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गरिरहेको बताए ।

जिल्लाको मात्र नभई नेपालकै गर्भ गर्न लायक चिवाइ गुम्बाको बृहत्तर विकासका आगामी दिनमा पनि नगरपालिका सधै सकरात्म रहेको उनको भनाई छ । कार्यक्रमका अध्यक्ष वरिष्ठ बौद्ध भिक्षु टावा दोर्जी लामाले दातृ निकायको सहयोगको खुलेर प्रसंशा गरे । विगतमा होस्टेल नहुँदा साना साना लामा भिक्षुहरुले कष्ट भोग्नुपरेको स्मरण गर्दै उक्त समस्या सधाको लागि अन्त्य भएको भन्दै उनले खुसी व्यक्ति गरे ।

सो होस्टेल निर्माणका लागि ७० प्रतिशत लगानी फाउन्डेसनले र ३० प्रतिशत लगानी स्थानीयले गरेको फाउन्डेसनका प्रोग्राम व्यवस्थापक निलम थापाले बताइन् । २ तलाको १० कोठे उक्त होस्टलमा ५० जना लामा विद्यार्थी र १० जना शिक्षक गरी ६० जना अट्न सक्ने क्षमता रहेको चिवाङ मनाष्ट्रि साङगे ट्रष्ट भवन निर्माण समितिले जनाएको छ ।

साथै होस्टेललको दोश्रो तलामा निर्माण गरिएको हलमा वार्षिक ८०० जनालाई सेवा दिन सक्ने गुम्बाले जनाएको छ । होस्टेल निर्माणका मुख्य सहयोगी तथा योजनाकार विश्व विख्यात हिमाल आरोही तथा समाजसेवी हम हङगिलले विश्वका ८ हजार माथिका १४ ओटा हिमाल र सगै जोडिएको दुई वटा गरी आठ हजार माथिका १६ वटा हिमाल आरोहण गरेको विश्वकै पहिलो व्यक्ति भएको जनाइएको छ ।

उनले नेपालमा विगत लामो समयदेखि स्वास्थ्य, शिक्षा तथा धार्मिक सम्पदा सर्वद्धनमा सहयोग गर्दै आएका छन् । हङगिलले हाल नेपालको १३ वटा जिल्लाको १६ वटा विद्यालयमा भौतिक तथा शैक्षिक क्षेत्रमा काम गर्दै आएको फाउन्डेनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार