हुँगा भ्याली विद्यालयमा गरियो चाडपर्व लक्षित शुभकामना आदानप्रदान

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ स्थित हुँगा भ्याली आवशीय पाठशाला विद्यालयले दसैँ–तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान गरेको छ ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरी आज शुक्रबार विद्यालयमा चाडपर्व लक्षित शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले निजि विद्यालयबाट सामुदायिक विद्यालयले सिक्नुपर्ने बताउनुभएको छ ।

हरेक स्थानीय तहमा निजि विद्यालय भयो भने सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा गर्न सहज हुने अध्यक्ष कुलुङको भनाई छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजीवी, विद्यालयका शिक्षक, विद्यार्थी, व्यस्थापन समितिका पदाधिकारी, अभिभावक, स्थानीय सञ्चालक पदाधिकारीहरु, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार