नेपालमै पहिलो पटक स्काई रेस पिके पिक प्रतियोगिता सोलुखुम्बुमा हुँदै

  सुबास दर्नाल
812 Shares

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा स्काई रेस पिके पिक ट्रेल रनिङ प्रतियोगिता हुने भएको छ । कोलम्बिया स्पोर्टस वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजको आयोजनामा नेपालमै पहिलो पटक आगामी शुक्रबार प्रतियोगिता हुन लागेको आयोजकले बुधबार फाप्लुमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

भविष्यमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको स्काई रेस प्रतियोगिता गर्नुको साथै खेलकुद पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले यस रेस गर्न लागिएको रेस व्यवस्थापक प्रिति खत्रीले जानकारी दिनुभयो ।

रेसमा ५५ किमीको स्काई अल्ट्रा, ३३ किमीको ट्रेल रेस र ५ किमीको फन रन हुनेछ । रेस फाप्लुबाट सुरु हुनेछ । यस रेस प्रतियोगितामा करिब ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरु सहभागी हुनेछन् ।

जसमा १० देशका २० अन्तर्राष्ट्रिय धावक समेत सहभागि हुने खत्रीले बताउनुभयो । भियतनाम, अमेरिका, नेदरल्याण्ड्स, युक्रेन लागयतका धावकको सहभागिता हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार