सोलु कांग्रेसका पुराना नेता बस्नेतको निधन, महामन्त्रीदेखि केन्द्रीय सदस्यहरुले गरे अन्तिम विदाई

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुका पुराना नेता चक्र बहादुर बस्नेतको निधन भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलका बस्नेतको आज विहीबार ८८ वर्षको उमेरमा काठमाण्डौँको कपन स्थित निजि निवासमा निधन भएको हो ।

वि.स. १९९२ कार्तिक १२ गते जन्म भएका बस्नेत २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन काँगेल गाविस ४ का वडा सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली सेनाबाट अवकाश प्राप्त बस्नेत २०४८ सालमा बहुदल आएपछि त्यसयता निरन्तर पार्टीको कृयाशिल सदस्य रहेको नेपाली कांग्रेसले जनाएको छ ।

मृतक बस्नेतको आज काठमाण्डौँ स्थित पशुपती आर्यघाटमा अत्यष्टि गरिएको मृतकका नाती एवं कांग्रेस महाधिवेशन प्रतिनिधि नविन थापाले जानकारी दिनुभयो ।

उहाँको शवमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरु बल बहादुर केसी, आङ गेलु शेर्पा र कुन्दनराज काफ्ले लगायतले पार्टीको झण्डा ओडाई अन्तिम श्रद्धानजली अर्पण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार