सोलुखुम्बुमा मनाइयो प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस सोलुखुम्बुमा पनि मनाएको छ । प्र्रेस चौतारी सोलुखुम्बुले आज सोमबार सल्लेरी स्थित नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाएको हो ।

“समृद्धिका लागि सञ्चारकर्म ! प्रेस चौतारीको मुल मर्म भन्ने नाराका साथ मनाइएको दिवसमा नेकपा एमालेका प्रदेश तथा जिल्ला स्तरीय नेताकार्यकर्ता तथा जिल्लाका कृयाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम प्रेस चौतारीका जिल्ला सचिव गार्डेन राईको अध्यक्षता तथा नेकपा एमालेका प्रदेश कमिटि सदस्य सुर्य कुमारी सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वि.स. २०५४ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपाल नेकपा एमालेको सुभेच्छुक संगठन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार