ट्राफिक प्रहरी सोलुद्वारा ७ महिनामा २४ लाख बढी राजश्व संकलन

सोलुखुम्बु – जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले ७ महिनाको अवधिमा २४ लाख बढी राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधन कारबाहीबाट उक्त राजश्व संकलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कृष्ण कटवालका अनुसार ट्राफिक नियम विपरीत सञ्चालन भएका साना तथा ठुला गरी २ हजार ९ सय ५० सवारी साधन कारबाहीबाट २४ लाख ९२ हजार राजश्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा ३ सय ३८, भदौमा ३ सय ६२, असोजमा ४ सय ३१, कार्तिकमा ४ सय ३९, मंसिरमा ४ सय ८१,पुषमा ४ सय १९ र माघमा ४ सय ५० सवारी साधन कारबाहीमा परेको हो ।

उक्त कारबाहिबाट श्रावण महिनामा २६ हजार ७ सय ५० भदौमा २९ हजार ५ सय, असोजमा ३५ हजार ९ सय ३५, कार्तिकमा ४२ हजार, मंसिरमा ४३ हजार १ सय पुषमा ३५ हजार ५ सय ५०, र माघमा ३६ हजार ८ सय राजस्व संकलन भएको कार्यालयको तथ्याङकमा छ ।

ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा सवारी चेकजाँचमा कडाई गर्दै आएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने,बढी भाडा लिने, कागजपत्र नभएका जस्ता नियम विपरित संचालन भएका सवारी साधन कारबाहीबाट उक्त राजश्व संकलन गरिएको  कटवालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार