गाईघाट महोत्सवमा दुई करोड बढीको कारोबार

सोलुखुम्बु – उदपुरको गाईघाटमा सम्पन्न दोश्रो प्रदेश महोत्सवमा दुई करोड भन्दा बढीको कारोवार भएको छ । उक्त कार्यक्रम फागुन १ गतेबाट सुरु भई १३ गते सम्पन्न भएको हो ।

महोत्सवमा आउने दर्शकहरुबाट २ करोड, १५ लाख कारोवार भएको आयोजकले जनाएको छ । कार्यक्रम त्रियुगा उद्योग वाणिज्य सङ्घको आयोजनामा बरुवा बसपार्क परिसरमा सञ्चालन भएको थियो ।

कार्यक्रममा बिभिन्न स्थानीय खानाको परिकार, स्थानीय वस्तुको बजारीकरण विस्तार गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिभिन्न साँस्कृतिक कार्यक्रमहरु र कलाकारको प्रस्तुति पनि राखिएको थियो । परिकारहरुमा स्थानीय खाना बिक्रीबाट सबैभन्दा बढी आर्थिक कारोवार भएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार