सोलुका सबै एसइई परिक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकियो

सोलुखुम्बु – माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सोलुखुम्बुमा केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ । यही चैत्र १५ गते देखि सुरु हुने परीक्षाका लागि सोलुखुम्बुमा निर्धारण गरिएको १४ वटा परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका अनुसार हिमाल दर्शन माध्यमिक नेचा बतासमो खिलक बहादुर कार्की, संस्कृत विद्याबित क्याम्पसमा नारायण प्रशाद पाण्डे,सिसाखोला आधारभुत टाप्टिङमा माहाप्रसाद फुयाल,लुक्ला आधारभुतमा गोविन्द प्रसाद चौलागाईलाई केन्द्राध्यक्ष तोकिएको छ ।

त्यस्तै दुधकोशी आधरभुत बुम्बुरीमा छलकराम राई, पदम कन्या आधारभुत दाम्बुमा भरत राई, सोताङ पब्लीक क्याम्पसमा गोमा पाड्य, पेल्माङ आधारभुत बुङमा भिमबहादुर निरौला, कालिका आधारभुत जुबुमा टेकबहादुर राईलाई जिम्मेवारी पाउनुभएको छ ।

त्रिभुवन आधारभुतमा कृष्ण बहादुर राई, जनजागुति आधारभुत सल्लेरीमा दिलकुमार राई, ठकुमाला आधारभुत कागेलमा मानबहादुर डांगी, जनजागुति माध्यमिक सल्लेरीमा जनक थापा, र जनसेवा आधारभुत चौलाखर्कमा राजन बस्नेतलाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ ।

यस वर्ष सोलुखुम्बुबाट १ हजार ६ सय ७२ जनाले एसइई. परीक्षामा सहभागी हुँदै छन् । जसमा नियमिततर्फ १ हजार ६ सय ६६ जना र आंशिंकतर्फ ६ जना रहेको कार्यालयका प्रमुख पुण्यराज डंगोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै केन्द्राध्यक्षलाई नियुक्ति दिईसकेको ११ गते केन्द्राध्यक्षको ओरेन्टेसन लगतै १३ गतेसम्ममा केन्द्र पुगिसक्ने बताइएको छ । जिल्लाका आठ स्थानीय तहका ५१ वटा विद्यालयका विद्यार्थी परिक्षामा सहभागी हुने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार