थुलुङ दुधकोशीले गर्‍यो जग्गादाता गुरुङ परिवारलाई सम्मान

  हिमाल समाचार
21 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले जग्गादाता टिकाराम गुरुङ परिवारलाई सम्मान गरेको छ । गाउँपालिका केन्द्रका लागि आवश्यक जग्गा दान गरेका गुरुङ परिवारलाई आज बिहिवार सम्मानपत्रद्वारा पालिकाले सम्मान गरेको हो ।

समाजसेवी बलराम गुरुङसहितका व्यक्तिहरुले पालिका केन्दका लागि २०७५ सालमा २२ रोपनी जग्गा निशुल्क प्रदान गरेका थिए । अन्य सदस्यहरुलाई यस अघि नै सम्मान गरेपनि अमेरिका बस्दै आउनुभएका टिकारामलाई आज मुक्ली स्थित पालिकाको कार्यालयमा सम्मान गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले समाजसेवी व्यक्तिहरुकै सहयोगका कारण गाउँपालिका समृद्धि यात्रामा अघि बढ्न सफल भएको बताउनुभयो । जग्गा दाता गुरुङले थुलुङ दुधकोशी विकासको तिब्र गतिमा अघि बढेको देख्दा खुसी लागेको बताउनुभयो ।

आफूहरुले घु¥यान काटेर दान गरेको पालिकाले नागरिकको पक्षमा काम गरेको देख्दा आनन्दित महसुस हुने गरेको बताउनुभयो । कार्यक्रममा समाजसेवी बलराम गुरुङसहित वडाध्यक्षसहितका जनप्रतिनिधिहरु, पालिकाका कर्मचारी लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार