ओखलढुंगामा अटो दुर्घटना, एक गम्भीर

  हिमाल समाचार
70 Shares

सोलुखुम्बु – ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ डडुवामा अटो दुर्घटना हुदाँ एक जना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा मानेभञ्ज्याङ गाउँपालिका– ६ बस्ने अन्दाजी वर्ष–६८ का बम बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाको हिलेपानीबाट हर्कपुर तर्फ जाँदै गरेको प्र २–०१–००१ ह ०२५० नम्बरको अटो बुधबार विहान ९ बजे सिद्धिचरण लोकमार्ग अन्तर्गत डडुवाडाँडा भन्ने स्थानमा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिनुभयो ।

घाइते राईको प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाडौ पठाइएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । अटो चालक मानेभञ्ज्याङ गाउँपालिका ६ का गौतम राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार