ओखलढुंगा – ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाका विपन्न २५० परिवारलाई निशुल्क विद्युतीय चुल्हो वितरण गरिएको छ ।
गाउँपालिका र वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको साझेदारीमा विपन्न परिवारलाई निशुल्क विद्युतीय चुल्हो वितरण गरिएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष निशान्त शर्माले चुल्हो वितरण गर्नुभएको हो ।
चिसंखुगढीका अधिकांश भूभागमा राष्ट्रिय प्रसारण लाइनको विद्युत बलिसकेको छ ।