सोलुको मेरापिक, लबुजेसहित २७ वटा पिक व्यवस्थापनको जिम्मा एनएमएलाई नै

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – नेपाल सरकारले २७ वटा पिकको व्यवस्थापन गरिरहेको नेपाल पर्वतारोहण संघ (एनएमए)को अधिकार नवीकरण गरेको छ । मन्त्रिपरिषद् बैठकले २७ साना हिमाल(पिक)को व्यवस्थापनको अधिकार नेपाल पर्वतारोहण संघलाई नै दिने गरी अधिकार नवीकरण गरेको हो ।

यो नवीकरणको अवधि ५ वर्षको हुने छ । संघले सोलुखुम्बुको मेरापिक, लोबुजे, आइलम्पीक, गोक्यो पिक लगायतका हिमालको व्यवस्थापन गर्ने एनएमएका अध्यक्ष ङिमा नुरु शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि २०७५ सालमा सरकारले २७ वटा हिमालको व्यवस्थापनको अधिकार संघलाई दिएको थियो । चुली इस्ट, हिउँचुली, मेरापिक, लोबुजे लगायतका हिमाल प्रवर्द्धनसँगै रोयल्टी संकलनको काम समेत अहिले संघले गर्दै आएको छ ।

संघले अग्ला हिमालहरु चढ्नु अघि तालिमका रुपमा प्रयोग गर्न सकिने सानो उचाइका हिमालहरुलाई व्यवस्थापन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार