निजी लगानीको मुलुककै ठुलो सोलुखोला दूधकोशी हाईड्रोपावरको विद्युत उत्पादन ३८ प्रतिशतले घट्यो

  सुबास दर्नाल
1.5k Shares

सोलुखुम्बु – सोलुखुम्बुको पञ्चनमा सञ्चालित निजी क्षेत्रकै देशकै ठूलो सोलुखोला दूधकोशी जलविद्युत् आयोजना ९हाईड्रोपावर०को विद्युत उत्पादन ३८ प्रतिशतले घटेको छ । साहस ऊर्जा कम्पनी लिमिटेडद्वारा पर्वद्धित ८६ मेगावाटको उक्त आयोजनाले हिउँद लागेसँगै पानी कम हुँदा विद्युत उत्पादन घटाएको हो ।

सोलुखोलामा पर्याप्त पानी हुँदा ९० मेगावाटसम्म विद्युत उत्पादन गरेको सो आयोजनाले अहिले घटाएर ५५/६० मेगावाटमा झारेको कम्पनीका प्रशासन प्रमुख दिल बहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदमा पानीको सतह घट्ने भएकाले विद्युत उत्पादन नियमित ओरालो लागेको हो ।

पानी घट्ने भएकाले हिउँदको समयमा आयोजनाको विद्युत उत्पादन ९० मेगावाटबाट घटेर ३० मेगावाटसम्म आईपुग्ने अनुमान गरेको छ । सोलुखोलामा पानी निरन्तर घट्न थालेसँगै उत्पादन निरन्तर ओरालो लागेको उहाँको भनाई छ । एनआइएमबी बैंकको करिब १३ अर्वको लगानीमा करिब ६ वर्ष लगाएर निर्माण सम्पन्न गरि गत फागुन १७ गतेबाट उक्त आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको थियो ।

आयोजनामा ३०।१ मेगावाटका ३ वटा जेनेरेटर रहेका छन् । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ११ मा रहेको सोलुखोलाको पानी ४ हजार ६ सय ७९ मिटर लामो सुरुङ मार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइप लाइनमार्फत थुलुङ दूधकोशी–३ मैकुबेसीमा खसाइ ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो ।

विद्युत् गृहदेखि लाम्माने सम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडेको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार