पुर्व अरनिको यातायात प्रालिले सोलुखुम्बुबाट बस सेवा सञ्चालन गर्दै

  दिपेन्द्र खनाल
1.9k Shares

साेलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा अरनिको यातायातले आफ्नो सेवा सुचारु गर्ने भएको छ । आज एक औपचारिक कार्यक्रमका वीच अरनिको यातायातको सोलुखुम्बु काठमाण्डौ सेवा लामा विधि द्धारा उद्घाटन गरि सुचारु गरिएको हो । अरनिको यातायात प्रालिका केन्द्रिय अध्यक्ष केदार क्षेत्री तथा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्ग्याल जाङबु शेर्पाले फाप्लु स्थीत नवनिर्मित बसपार्कबाट अरनिको बस सेवाको रिवन काटेर उद्घाटन गर्नुभएको छ ।

विगत ५१ वर्ष देखी यातायात सेवा दिदै आएको अरनिको यातायात प्रालिले सोलुखुम्बुबाट काठमाण्डौ सिधा बस सेवा सञ्चालन गर्ने जनाइएको छ । पुर्व अरनिको यातायात प्रालिबाट सञ्चालित बससेवाले हिमाली जिल्ला सोलुखुम्बुबाट काठमाण्डौ सिधा यातायात सेवा गुणस्तरीय तवरबाट सञ्चालन गर्ने दावी गरिएको छ ।

सार्वजनिक यातायातको क्षेत्रमा अरनिको यातायातले भरपर्दो सेवा प्रदान गर्दै आइरहेको भन्दै अध्यक्ष क्षेत्रीले सोलुखुम्बुमा पनि उच्च कोटीको सेवा प्रदान गर्न भरपुर प्रयास गर्ने बताउनुभएको छ । उहाँले अरनिको यातायातले देशभरि नै सेवा दिने हेतुले ७ सय बढी बस सञ्चालनमा ल्याएको भन्दै यात्रुको सहजता र सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै सेवा दिइने बताउनुभएको छ । उहाँले पर्यटकिय जिल्ला सोलुखुम्बुको पर्यटन क्षेत्रको विकासका लागी पनि अरनिको यातायात साझेदार बन्ने उल्लेख गर्नुभयो । पर्यटक बसको रुपमा विकासित गर्दै पर्यटकलाई सहज र सरल सेवा दिन लागी पर्ने उहाँको भनई थियो ।

उद्घाटन कार्याक्रममा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्ग्याल जाङ्वु शेर्पाले सार्वजनिक यातायात हरुले यात्रुहरुको सेवालाई ध्यानमा राख्नु पर्नेमा लापरबाही गरिरहेकाले अरनिको यातायातले त्यसप्रति सचेत हुन आग्रह गर्नुभएको छ । दक्ष जनशक्ति राखेर पहाडी इलाकामा बससेवा दिन सके यातायात व्यावसायी र यात्रु दुबैको हित हुने उहाँको भनाई छ ।

यस्तै उहाँले नगरपालिकाले बसपार्क निर्माण गरिरहेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भएकाले यातायात व्यवसायीहरुलाई बसपार्क मै यात्रु ओराल्ने र बसपार्कबाट चढाउन पन आग्रह गर्नुभयो ।

बस उद्घाटकार्यक्रममा अरनिको यातायातका कर्मचारी तथा प्रतिनिधी, सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याल, जिल्ल प्रहरी कार्यालयका प्रहरी प्रमुख दिपक श्रेष्ठ, शसस्त्र प्हरी वल सोलुखुम्बुका प्रमुख तथा प्रतिनिधी, ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा प्रतिनीधि लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार