सोलुखुम्बु : जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधि सोलुदुधकुण्डलाई

सोलुखुम्बु : सोलुखुम्बुमा सम्पन्न १४ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सोलुदुधकुण्ड नगरपालिकाले जितेको छ । आज सल्लेरीमा सम्पन्न प्रतियोगितामा २५ स्वर्ण, ३३ रजत र २२ कास्य पदकसहित नगरपालिका प्रथम भएको हो ।

यस्तै १६ स्वर्र्ण, ११ रजत र १६ कास्यसहित थुलुङ दुधकोशी गाउँपालिका दोश्रो र १५ स्वर्ण, १२ रजत, १८ कास्यसहित माप्यदुधकोशी गाउँपालिका तेश्रो र ५ स्वर्ण, २ रजत र कास्य ५ सहित महाकुलुङ गाउँपालिका चौथो भएको खेलकुद संयोजक टेक राजभण्डारीले जानकारी दिनुभयो ।

उहाँका जिल्ला समन्वय समितिको प्राङ्गण सल्लेरीमा गत शनिवारबाट सुरु भएको प्रतियोगिता आज सकिएको हो । प्रतियोगितामा महिला पुरुष भलिबल, एथ्लेटिक्स, उशु, कराते, मार्सल आर्ट, कर्वडी लगायतका गरी ६ विधाको खेल भएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार