सगरमाथा राष्ट्रिय निकुञ्ज : शुल्क नतिर्ने हेलिकप्टरलाई नियन्त्रणमा लिने

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले निकुञ्ज क्षेत्रमा अनुमती विना अवतरण हुने हेलिकप्टरलाई नियन्त्रणमा लिने भएको छ । निकुञ्जको कार्यालयले फेब्रवरी १ तारिखबाट विना अनुमती निकुञ्ज क्षेत्रमा ल्याड गरिने हेलिकप्टरलाई नियन्त्रण लिई कारबाही गर्ने भएको हो ।

जसका लागि निकुञ्जले हेलिकप्टर कम्पनीहरुलाई पत्राचार गरेको छ भने हेलिकप्टर र चालकलाई पक्राउ गर्न नेपाली सेनालाई पत्र काटिएको प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए ।

जसबाट हेलिकप्टर कम्पनीहरुले गर्ने गरेको राजस्व छलिलाई नियन्त्रण गर्न मद्धत पुग्ने निकुञ्जको विश्वास छ । निकुञ्ज क्षेत्रमा उडान तथा अवतरण गर्ने हेलिकप्टरहरुले अग्रिम रुपमा शुल्क बुझाउनुपर्ने भएपनि हेलि कम्पनीहरुले त्यसको वेवास्था गर्दै आएका छन् ।

निकुञ्जको नियम अनुसार हेलिकप्टरले प्रति उडान ३ हजार रुपैयाँ राजस्व बुझाउनुपर्ने प्रावधान छ । तर कप्पनीहरुले उक्त नियमलाई छल्दै शुल्क बुझाउन अटेर गरिरहेकोे निकुञ्जको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार