कक्षा १२ को परीक्षा डेढ घण्टे

भक्तपुर – स्थगित भएको सात महिना पछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षाको रुटिन सार्वजनिक गरेको छ । आगामी मंसिर ९ गते देखि परीक्षा सञ्चालन गर्ने गरी बोर्डले बुधबार रुटिन सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने छ ।

गत बैशाख २१ गतेका लागि तोकिएको परीक्षा कोरोना भाईरस कोभिड -१९ को संक्रमण जोखिमका कारण चैत २५ गते स्थगित गरिएको थियो ।

अहिले सार्वजनिक गरिएको रुटिनमा पनि कोभिड संक्रमित विद्यार्थीको परीक्षा पछि लिने व्यवस्था गरिएको छ । संक्रमितहरूलाई कोरोना मुक्त भए पछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार