सोलुखुम्बुको बुङ अन्धकारमय

  हिमाल समाचार
770 Shares

सोलखुम्बु – सोलखुम्बुको बुङका करिब १२ सय घर अन्धकारमय भएका छन् ।

८३ किलोवाट क्षमताको भुवा खोला लघुजलविद्युत आयोजनाको पावर हाउस नजिकै पहिरो गई आयोजनाको पाएपमा क्षती पुगेपछि विद्युत अबरुद्ध भई बुङ अन्धकारमय भएको हो ।

पावर हाउस नजिकै पानीको मुहान रहेकाले करिब ५० मिटर पहिरो जादा आयोजनाको करिब ३०÷३५ मिटर पाईपमा क्षतीपुगेको लघुजलविद्युत आयोजनाका अध्यक्ष दिपक राईले जानकारी दिए ।

आयोजनामा निकै क्षती पगेकाले मर्मतका लागि कति समय लाग्छ भन्ने यकिन छैन ।

विद्युत अबरुद्ध भएपछि बुङ क्षेत्रका उपभोक्ता मोबाईल तथा टेलिफोन सेवाबाट बञ्चित भएका छन् । यस्तै गाँउपालिकाका तथा विभिन्न निकायको कामकाजमा समेत समस्या भएको छ ।

 

खिरौलेमा रहेको एक जलविद्युत आयोजनाको विद्युत गाँउपालिकाको कार्यालयमा जडानका लागिकाम थालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार