गार्मा माविको अक्षय कोषमा एकै परिवारबाट पौने ३ लाख सहयोग

  हिमाल समाचार
658 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा स्थित गार्मा माध्यमिक विद्यालयमा स्थापना गरिएको अक्षय कोषमा करिब पौने ३ लाख रुपैया जम्मा भएको छ ।

आधुनिक तवरले शिक्षण सिकाई क्रियाकलप सञ्चालन गरि शैक्षिक परिवर्तनको अभियानमा रहेको विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ थल्लेरी घर भई हाल काठमाण्डौ बौद्ध टुसाल बस्ने समाजसेवी कर्मा शेर्पा र श्रीमती ल्हाक्पा शेर्पाबाट १ लाख १५५, थातिङ घर भई अमेरिकाको न्युयोर्क बस्दै आएका तेण्डि शेर्पा र श्रीमती आङ ङेलु शेर्पाबाट १ लाख, सल्लेरी घर भई हाल अमेरिका न्युयोर्क बस्ने पाल्देन शेर्पाबाट ५० हजार र स्वर्गीय ल्हकु शेर्पाको नामबाट ३५ हजार गरि उनिहरुको परिवारबाट २ लाख ८५ हजार १५५ रुपैया हस्तान्तरण गरिएको छ ।

बिहिबार गार्मा माविमा भएको एक कार्यक्रमकाबिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा र प्रध्यानाध्यापक विनोद सिंह तामाङलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

जिल्लामा कृषि प्राविधिक धार र सुस्त श्रवण जस्ता उपयोगी शिक्षा प्रदान गरिरहेको विद्यालयले १ करोड रुपैँयाको अक्षय कोष खडा गरेको छ ।

आर्थिक रुपमा संकट आई विद्यालयको शैक्षिक क्षेत्रमा असर नपुगोस भन्ने हेतुले स्थापना गरिएको उक्त अक्षय कोषमा केही रकम जम्मा भईसकेको र प्रतिबद्धता पनि आईरहेको विब्यस अध्यक्ष एवं समाजसेवि सोनाम ग्याल्जेन शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार