थुलुङ दुधकोशी सार्वजनिक सुनुवाइ : ६० प्रतिशत वित्तीय प्रगति 

  हिमाल समाचार
924 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नौ वटै वडामा सामाजिक परिक्षणसहित सार्वजनिक सुनुवाइ गरेको सम्पन्न गरि आज पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।

बृहत जनसहभागितासहित पालिकाको सभाहलमा भएको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ मार्फत हालसम्मको विकासे प्रगति, सेवा प्रवाह तथा प्राप्त उपलब्धिको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

चालू आर्थिक वर्षमा पालिकाको कुल बजेट विकासे बजेट १४ करोड ७७ लाख २९ हजार ९३८ रुपैयाँ मध्ये ८ करोड ८६ लाख ३७ हजार ९६२ रुपैयाँ अर्थात ६० प्रतिशत प्रगति देखिएको छ । यस वर्ष ७८ वटा गाउँपालिका स्तरीय योजनाहरु रहेकोमा ४२ वटा सम्पन्न भइसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाइमा उपस्थित भएक पालिकावासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवालाहरुले राखेका जिज्ञासा तथा प्रश्नको पालिका अध्यक्ष असिम राईले जवाफ दिनुभएको थियो ।

पालिकाको विकास र सेवाप्रती सहभागीहरुले खुलेर प्रसंशा गरेका थिए । थुलुङ दुधकोशीको हरेक विकास र सेवा प्रवाह नागरिकलाई केन्द्रमा राखेर गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

सुशासन र पारदर्शिताको सवालमा आफू प्रतिबद्ध रहेकाले जनताको प्रश्नसग आफू साक्षत्कार गर्न तयार रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा उपाध्यक्ष सबिता राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राई, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार