माप्यदुधकोशीमा आलु खेति सम्बन्धि ३ दिने तालिम

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ५ काँकुमा ३ तिन दिने आलु खेति प्रविधि विषयक कृषि तालिम आयोजना गरिएको छ ।

आलु ब्लक सञ्चालक समन्वय समिति माप्यदुधकोशी गाउँपालिका ४ र ५ को आयोजनामा कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा कृषक स्तरिय तालिम सञ्चालन गरिएको हो ।

२५ जना कृषकको सहभागिता रहेको तालिममा टिपिएस तथा पिबिएस तरीकाबाट आलु खेति, आलुमा लाग्ने रोग किरा नियन्त्रण, आलुका जात लगायतका विषयमा जानकारी दिईएको कृषि ज्ञान केन्द्रका प्राविधिक बबि बस्नेतले जानकारी दिए ।

तालिम समापन कार्यक्रममा माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले कृषिलाई आधुनिकिकरण गर्नेुपर्नेमा जोड दिए । तालिम सञ्चालन गरेको प्रति कृषि ज्ञान केन्द्रलाई धन्यवाद ज्ञापन गरे ।

कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख दुर्गा बहादुर तिरुवाले आगमी दिनमा पनि यस्तै तालिम सञ्चालन गर्ने बताए । कृषक लाभान्वित हुने किसिमका कार्यक्रम सञ्चालन गर्ने बताए ।

तालिमको सहजिकरण कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर तिरुवा, प्राविधिक बबी बस्नेत र माप्यखदुधकोशी गाउँपालिका कृषि शाखा संयोजक खड्गराज घिमिरेले गरेका थिए । तालिम पाएपछि स्थानियले खुसी व्यक्तः गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार