काठमाडौं- आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले आजका लागि सचिवालय बैठक बोलाएका थिए ।
नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो ।
यो समितिमा ईश्वर पोखरेलको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव रहेका छन् ।