गोपाल किराँती र सन्ध्या तिवारीलाई पार्टीको नाम र चिन्ह फेर्न १५ दिन

काठमाडौं- निर्वाचन आयोगले गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम फेर्न भनेको छ।

आयोगले मंगलबार विज्ञप्ति निकालेर नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी-लेनिनवादीको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न भनेको छ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निकालेको विज्ञप्तिमा सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम मात्रै सुधार गर्न भनिएको छ। उक्त पार्टीले पहाडबाट उदाउँदै गरेको सूर्य चिन्ह लिएको थियो।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन्। ती पार्टी ब्युँतिएपछि उक्त नाममा आयोगमा यसअघि दर्ता भएका किराँती र तिवारी नेतृत्वको पार्टीको नाम सुधार गर्न आयोगले भनेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार