संघीय समाजवादी फोरम र राजपालाई जनता समाजवादीमा रुपान्तरण

खोटाङ- अशोक राईको गृह–जिल्ला खोटाङमा संघीय समाजवादी फोरम र राजपालाई जनता समाजवादीमा रुपान्तरणको प्रकृया पुरा गरिएको छ ।

जिल्लाका १० पालिका स्तरिय कमिटिको रुपान्तरण टुंग्याइएको केही समयपछि सोमबार संघीय समाजवादी फोरम र राजपाको जिल्ला कमिटिलाई औपचारिक रुपमा जनता समाजवादीमा रुपान्तरणको घोषणा गरिएको हो । राजपाको संगठन नभएको जिल्लामा साविकको संघीय समाजवादीको जिल्ला समन्वय समितिलाई नै जनता समाजवादीमा रुपान्तरण गरिएको छ ।

पार्टीका बरिष्ठ नेता अशोक राई र केन्द्रिय कार्यकारिणी सदस्य एबं प्रशिक्षण विभाग प्रमुख हेमराज राईको उपस्थितिमा साविकको संघीय समाजवादीका अध्यक्ष टंक थापाकै अध्यक्षतामा १५१ सदस्यीय जसपाको नयाँ जिल्ला कमिटि बनाइएको छ ।

जनता समाजवादी पार्टीको उपाध्यक्षमा मणी राई, पिके खम्बू, नैन कट्वाल, बशन्ती राई र नविनकिशोर राई, सचिवमा देवकुमार राई र जीवराज पोखरेल, सह–सचिवमा टिकाराम राई, आशिष राई र बिरेन्द्र दर्नाल तथा कोषाध्यक्षमा सावित्री राईले जिम्मेवारी पाएका छन् । पार्टी रुपान्तरण सँगै जनता समाजवादीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार