कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन

  हिमाल समाचार
77 Shares

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरुसहित सयजनाभन्दा बढीको स्वाब संकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार