कोरोना सङक्रमणबाट आठ बर्षिय बालकको मृ’त्यु

  हिमाल समाचार
105 Shares

काठमाडाैँ- सिन्धुली अस्पतालमा शुक्रबार कोरोना भाइरस सङक्रमणबाट एक जना आठ बर्षिय बालकको मृ’त्यु भएको छ ।

जिल्लाको हरिहरपुरगढी गाँउपालिका–१ निवासी आठ बर्षिय बालकको उपचारको क्रममा मृ’त्यु भएको सिन्धुली अस्पतालले जनाएको छ ।

सिन्धुली अस्पताल कोभिड १९ फोकल पर्सन डा. सागर देवकोटाका अनुसार आठ बर्षिय ती बालकको जम्मा तौल दश केजी मात्रै भएपछि अभिभावकले करिब एक साता अघि उक्त अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।

अस्पतालले बैशाख २१ गते ती बालकको स्वाब सङकलन गरि पिसिआर परिक्षण गर्न पठाएकोमा शुक्रबार बिहान कोरोना सङक्रमण पोजेटिभको रिपोर्ट आएको हाे ।

देवकाेटाले भने ‘बिरामीको कोभिड १९ सँग मिल्ने कुनै लक्षण देखिएको थिएन । तै पनि ती बालकलाई कोभिड वार्ड (कक्ष) मा शुक्रबार बिहान सारेर उपचार सुरु गरिएको थियो । उपचारको क्रममा शुक्रबार दिउसो १२ बजेतिर मृत्यु भयो ।’

यो सहित सिन्धुली जिल्लामा दोस्रो लहरको कोरोना सङक्रमणबाट ज्यान गुमाउने व्यक्ति तीन पुगेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सिन्धुली जिल्लामा शुक्रबारसम्ममा दोस्रो लहरको कोरोना सङक्रमितको सङख्या २१३ पुगि सकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार