सोलुखुम्बुमा आईतबार देखि निषेधाज्ञा गरिदै

  हिमाल समाचार
2k Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पनि १५ दिनका लागि निषेधाज्ञा लागु गरिने भएको छ । आज बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आगामि आईतबार मध्यराती १२ बजेबाट लागु हुने गरि दुई साताका लागि निषेधाज्ञा लागु गर्ने निर्णग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा आवागमन ठप्प पार्नुका साथै भीडभाड हुने क्षेत्रमा कडाई गर्ने निर्ण गरेको हो । पछिल्लो एक साता यता दिनै पिच्छे कोरोना संक्रमितको संख्या थपिदै गएपछि सोलुखुम्बु जिल्लामा निषेधाज्ञा लागु गर्न लागिएको हो ।

निषेधाज्ञाको समयमा छोटो तथा लामो दुरीको कुनै पनि सवारी साधन नचल्ने प्रमुख जिल्ला अधिकारी शाहीले बताए । बैठकमा विभिन्न तहबाट निर्वाचित प्रतिनिधि, स्वास्थ्य सम्बन्धि सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार