माधव नेपाल : फागुन २८ को निर्णय फिर्ता लिन ओली सहमत

काठमाडाैँ- नेकपा एमालेका नेता माधवकुमार नेपालले गत फागुन २८ को निर्णय फिर्ता लिई २०७५ जेठ २ को संरचनाअनुसार पार्टी सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली सहमत भएको बताएका छन्।

उनले यो कुरा आज संघीय संसद भवनमा पत्रकारहरूसँग भनेका हुन्। आफूहरूको बटमलाइनअनुसार नै प्रधानमन्त्रीसमेत रहेका ओली अगाडि बढ्न चाहेको उनको भनाइ थियो।

‘फागुन २८ को निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्थामा पुग्ने हाम्रो यो बटमलाइन थियो। त्यसमा पार्टी अध्यक्ष केपी ओलीले सहमति हुन्छ भन्नु भएको छ, बाँकी मोडालिटीबारे छलफल गर्न कार्यद बनाउने भन्ने छ,’ उनले भने।

गत फागुन २८ मा अध्यक्ष ओलीले महाधिवेशन घोषणा गरेका थिए भने विधान संशोधन पनि गरेका थिए।

पार्टीभित्र देखिएका विवाद हल गर्न थप छलफल आवश्यकता पर्न सक्ने पनि उनले बताए।

अध्यक्ष ओली र नेपाल बिहीबार चपलीहाइटमा छलफल गरेका थिए। ओलीले नेपालसहित उनी पक्षका चार नेतालाई गरेको निलम्बन फुकुवासमेत गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार