जनमत संग्रह गराै‌: नेत्रविक्रम चन्‍द

  हिमाल समाचार
84 Shares

काठमाडौ- नेत्रविक्रम चन्‍द नेतृत्‍वको नेकपाले जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको सरकार चल्न नसक्नु र असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको जनाएको छ ।

प्रतिनिध सभा विघटनपछि पार्टीका महासचिव चन्‍दले एक विज्ञप्‍ति जारी गर्दै संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन भन्ने पार्टीको निष्कर्ष सही साबित भएको बताएका छन् ।

आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान दिनुपर्ने चन्‍दको भनाइ छ । अब जनमतसङ्ग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने आफूहरू संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट स्‍पष्‍ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार