एमालेकाे स्थायी कमिटीको बैठक ४ बजे बस्दै

  हिमाल समाचार
42 Shares

काठमाडौँ- नेकपा एमालेकाे स्थायी कमिटीको बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दैछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको विवाद, स्पष्टीकरण सोधिएका नेताहरूमाथि कारबाहीका विषयमा छलफल हुने भएको छ ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले विपक्षी गठबन्धनको सरकार बनाउन हस्ताक्षर गरेका २६ मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, नीरादेवी जैरू, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई स्पष्टीकरण सोधेको थियो ।

विपक्षी गठबन्धनको सरकार बनाउन हस्ताक्षर गरेका तर स्पष्टीकरण नसोधिएका बाँकी सांसदमध्ये कतिपयले आफूहरूले हस्ताक्षर नगरेको बताएका कारण थप सोधपुछ र कुराकानीपछि मात्रै अघि बढ्ने निर्णय पनि बैठकले गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार