रावावेशीका हजार दिने आमालाई कुखुरा वितरण

  हिमाल समाचार
245 Shares

खोटाङ – खोटाङको रावावेशीमा सुनौला हजार दिनका आमाहरुलाई कुखुरा र कुखुरामा लाग्ने विभिन्न रोगको औषधी वितरण गरिएको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत स्थानीय जातको एक–एक वटा भाले र पोथी वितरण गरिएको हो । रावावेशी ६ हौँचुरका २० जना आमाहरूलाई कुखुरा वितरण गरिएको हो ।

सो कार्यक्रममा वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ, पशु शाखा संयोजक दिनेश ढुङ्गाना, कृषि प्राविधिक उद्धव बास्तोला, पशु प्राविधिक मनोज पौडेल, हौँचुर स्वास्थ्य चौकप् प्रमुख हरि खड्का लगायतको उपस्थिति रहेको थियो । व

डा न ३ मा ११ गते र बाँकी वडाहरुमा असार १३ गते वितरण गरिने छ । प्रत्येक वडाका २०÷२० जना आमाहरुले कुखुरा पाउने पशुशाखा संयोजक दिनेश ढुङ्गानाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार