चिनियाँ राष्ट्रपतिले ओलीसहित शिर्ष नेताहरुसँग भर्चुअल छलफल गर्दै

  हिमाल समाचार
49 Shares

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि भर्चुअल छलफल गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने तय भएकाे हाे ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने जानकारी उनको सचिवालयले दिएको छ ।

प्रधानमन्त्री ओलीसहित उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागि हुने जनाइएको छ ।

चिनियाँ राष्ट्रपति जिङपिङले जुम बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिएका छन् । सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार