माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत उत्पादन सुरु

  हिमाल समाचार
98 Shares

काठमाडाैँ- स्वदेशी लगानीमा मात्रै निर्मित राष्ट्रिय गौरवको आयोजना दाेलखा स्थित माथिल्लो तामाकोसीको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले निवासबाटै स्विच थिचेर भर्चुअल उद्घाटन गरे ।
७६ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरु भएको दिन ओलीले आयोजनाको उद्घाटन गरेका हुन् । जडित क्षमता ४ सय ५६ मेगावाट रहेको यो आयोजनाका ६ वटा युनिटमध्ये पहिलो युनिटबाट परीक्षण उत्पादन थालिएको हो ।

पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु भएको हरेक १० दिनमा थप अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । भदौ १५ सम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन हुने आयोजनाको अनुमान छ ।

पहिलो युनिटबाट ७६ मेगावाट व्यावसायिक उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

भुकम्प, कोरोना आदिका कारण निर्माण अवधि लम्बिँदा आयोजनाको लागत बढेर ८४ अर्ब रुपैयाँ पुगेको छ ।

सुरुमा लागत निर्माण अवधिको ब्याजसहित साढे ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो ।आयोजना निर्माणका लागि ५२ अर्ब र निर्माण अवधिको ब्याजबापत ३२ अर्ब रुपैयाँ खर्च भएको छ ।

माथिल्लो तामाकोसी आयोजनाले वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार