नेकपा माओवादी केन्द्र खारेजीको माग, पूर्व माओवादी पुगे निर्वाचन आयोग

काठमाडौं-नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

लामो समयसम्म अधिवेशन नगरेकोले माओवादी केन्द्र स्वतः अवैधानिक भएको र आफूहरुमाथि गरिएको कारबाही पनि अवैध भएको दावी गर्दै पूर्व माओवादीका रामबादुर थापा (बादल)सहितका नेताहरु निर्वाचन आयोगमा पुगेका हुन् ।

बादलको साथमा लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता पनि आयोग पुगेका छन् ।

माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो रु जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।

माओवादी केन्द्रले आफूहरूलाई गरेको कारवाही पनि अवैध भएको उनीहरूको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार