सर्वोच्चको फैसलाले संविधान र संसदलाई बचायाे: माधव नेपाल

  हिमाल समाचार
35 Shares

काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसदलाई बचाएको बताए।

फैसलाले नेपालको संविधानमा रहेका कतिपय व्याख्या गर्नुपर्ने कुरामा स्पष्टता ल्याइदिएको भन्दै प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन् र राज्यका अन्य निकाय पनि संविधानको दायरामा बस्नुपर्छ भनेको भन्ने सन्देश दिएकाे बताए । फैसलाले संविधान र संसदलाई जोगाएको र जीवन दिएको नेपालले बताए।

‘दुबै पटक नै प्रतिनिधि सभा विघटन हुँदा सर्वोच्चले नै जोगाइदिएको छ। सर्वोच्च अदालतले नै संविधान र संसदको रक्षा गरेको छ,’ नेपालले भने,‘यसले सर्वोच्च अदालतको भूमिका र मर्यादालाई माथि उठाएको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार