वन्यजन्तु नियन्त्रणका लागि कर्मचारीलाई तालिम

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुन्ज, डिभिजन बन कार्यालय र जिल्ला प्रहरी कार्यालयका कर्मचारी तथा प्रहरीलाई वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी तालिम प्रदान गरिएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेको आयोजना तथा डब्लु.डब्लु एफ.नेपालको आर्थिक सहयोगमा असोज १८ गते देखि सुरु भएको तालिम मंगलबार सकिएको हो । समापन कार्यक्रममा बोल्दै जिल्ला अदालत न्यायाधिश सन्तोष पराजुलीले वन्यजन्तुको अबैध कारोबार नियन्त्रणमा चनाखो हुन आग्रह गरे ।

प्रहरी नायव उपरिक्षक कवित कट्वालले तालिममा सिकेका कुरालाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिए । सरकारी वकिल श्रीराम खनालले कानुनको परिपालना गरि निष्पक्ष रुपमा अनुसन्धानलाई अघि बढाउन कर्मचारीको भूमिका महत्वपुर्ण हुने बताए ।

तालिममा निकुन्ज सहित डिभिजन बन कार्यालय र जिल्ला प्रहरी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार