‘जनमैत्री कांग्रेस निर्माणको लागि मेरो उम्मेदवारी’ (भिडियो)

  हिमाल समाचार
210 Shares

नेपाली कांग्रेसका वैचारिक युवा नेता आङगेलु शेर्पाले आसन्न १४ औँ महाधिबेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बुको तीन कार्यकाल पार्टी सभापति भई कुशलतापुर्वक नेतृत्व गरेका नेता शेर्पाले यस पटकको महाधिबेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा समुहमा रहेका नेता शेर्पाले आफ्नो जिल्ला सोलुखुम्बुमा पौडेल पक्षिय नेता बलबहादुर केसीका उम्मेदवारलाई पराजित गरि संस्थापन पक्षका उम्मेदवारलाई जिल्ला सभापतिमा जिताएका छन् । उनै कांग्रेस नेता तथा १४ औँ महाधिबेशनमा केन्द्रीय सदस्यका प्रत्यासी शेर्पासंग महाधिबेशन केन्द्रित कुराकानी गरेका छौ ।

पुस्तान्तरण र रुपान्तरणको आवाज उठाउने तपाई, फेरि तपाई संस्थापन पक्षधर । कसरी मिल्यो त ?
पहिलो कुरा त, नेपाली कांग्रेस यो देशको सबैभन्दा पुरानो राजनीतिक पार्टी हो । नेपाली कांग्रेसमा चार पुस्ता सँगसंगैँ गईरहेको छ । कांग्रेस ठूलो पार्टी भएको कारणले गर्दा पनि पुस्तान्तरण भईरहेको छ । अहिलेको नयाँ समितिमा पनि उल्लेख्य संख्यामा यूवा साथीहरु कृेन्द्रिय समितिमा आउनेछन् । फस्ट पर्सन परिर्वतनको सम्भावना त्यति देख्दिन । तर पदाधिकारीमा पनि नयाँ अनुहार, नयाँ पुस्ताका साथीहरु उपस्थित हुनुहुन्छ, त्यसैले आँकलन के गर्न सकिन्छ भने १४ औ महाधिवेशनमा नेतृत्वमा ५० देखि ६० नयाँ अनुहारहरुको प्रवेश हुन्छ । १५ औँ महाधिवेशन सम्म पुर्णतया रुपान्तरण र पुस्तान्तरणमा जान्छ भन्ने लाग्छ ।

फेरि कांग्रेसलाई पुरानै नेता नेतृत्व गर्लान् त ?
त्यसमा ढुक्क छु, किनभने नयाँ पुस्ताको सम्भावना कमजोर देखिन्छ । अब नयाँ पुस्ताका साथीहरुले आफूलाई सभापतिको रुपमा उभ्याएको पनि देखिएन । जहाँ विकल्प छैन् भने पुरानै नेतृत्व दोहोरिने परिस्थिती देखिन्छ ।

नेता कल्याण गुरुङको उम्मेदवारीलाई कसरी लिनुहुन्छ ?
अब कल्याण जीको उपस्थिती भाको छ, तर त्यो उपस्थिति त्यति प्रभावकारी देखिदैन् । सांकेतिक उम्मेदवारीको रुपमा लिन्छु ।

विमलेन्द्र निधीको दाबी पनि छ नी ?
उहाँलाई नयाँ पुस्ता भन्न मिल्दैन् । शेरबहादुर देउवा र निधीबीचको उमेरको ग्याप मात्र ५–७ बर्षको होला । उहाँ आउदा व्यक्ति नयाँ होला तर पुस्ता पुरानै रहन्छ । तर उहाँले सभापति जित्ने अवस्था छैन् ।

अहिले पनि देउवाको सान्दर्भिकता देख्नुहुन्छ, तपाई ?
सान्दर्भिकता देख्नु भनेको यस्तो हो, जब कम्यूनिष्टहरुको असफलता मुलुकमा भयो, कम्यूनिष्टहरुले करिब करिब देशलाई अराजक स्थितिमा पुर्याईदिए, उहाँहरुले पाँच बर्षको म्याण्डेट पाएको थियो, त्यो म्याण्डेट ३ बर्षमा गुमायो, अब ३ बर्षमा जनादेश गुमाउँदै गर्दा नेपाली राजनीतिमा एक किसिमको ठूलो खाडल आएको थियो र त्यो खाडललाई शेरबहादुर देउवाले सबै राजनीतिक पार्टीलाई सहमति गरेर परिपुर्ति गर्नुभयो । देशको संक्रमणकाललाई व्यवस्थापन गर्न उहाँ सफल हुनुभयो, त्यसले उहाँको सान्दर्भिकता र औचित्यलाई साबित गरेको छ भन्ने मलाई लाग्छ ।

किनभने, राष्ट्रिय राजनीतिमा उहाँले जुन किसिमको भूमिका नेपाली काग्रेसको सभापतिको हैसियतले निर्वाह गर्नुभएको छ । देशलाई एउटा ठूलो संकटको भूमरीबाट रेस्क्यू गर्नु भो भन्ने लाग्छ । त्यसकारणले फेरि पनि कांग्रेसका देउवाकै सान्दर्भिकता पुष्टि छ । यो पटक पनि सभापतिमा देउवा नै निर्वाचित हुनुहुन्छ । त्यसमा कुनै सन्देह छैन् ।

यो महाधिबेशनमा तपाईको उम्मेदवारी कुन पदमा रहन्छ ?
म यो पटक केन्द्रीय सदस्यमा उम्मेदवार बन्दैछु ।

तपाईको उम्मेदवारी के का लागि ?
अब, म नेपाली कांग्रेस सोलुखुम्बुको तीन कार्यकाल पार्टी सभापति चलाएको व्यक्ति हूँ । वैैचारिक रुपमा रुपान्तरण सहितको कांग्रेस निर्माण र जनमैत्री कांग्रेस बनाई आगामी तिन निर्वाचन सम्म कांग्रेसलाई लगातार विजयी गराउने आफ्नो मुख्य एजेण्डा हो । कार्यकर्ताको संरक्षण गरि मनोबल बढाउनु पर्ने आजको आवश्यकता पनि भएकाले यो पटक केन्द्रीय सदस्यमा निर्वाचन लड्दैछु ।

जित्ने आधार चाँही ?
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक जेल जीवन विताए । दश बर्षे माओबादी द्वन्दकालमा जोखिम मोलेरै लोक जागरण अभियान संचालन गरेको व्यक्ति पनि हूँ । नेपाली कांग्रेसको १० औँ जिल्ला अधिबेशनबाट ३२ बर्षको उमेरमा जिल्ला सभापति निर्वाचित नेपालकै कान्छो जिल्ला सभापति पनि थिए । निरन्तर कांग्रेसलाई जिताउने अभियानमा हिँडेकाले पनि यो पटक महाधिबेशन प्रतिनिधिको साथमा पाउनेमा विवस्त छु ।

नेता शेर्पाको पछिल्लो दुई टेलिभिजन अन्तर्वार्ता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार