शैक्षिक सुधारका लागि प्रतिबद्ध : अध्यक्ष शर्मा

  हिमाल समाचार
581 Shares

ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले मागको आधारमा शैक्षिक सुधारका लागि बजेट विनियोजन गर्दै आएको बताए ।

चिशंखुगढी २ पोखरेमा संचालित कालिका आधारभूत विद्यालयको ६३ औं बार्षिक उत्सवमा बोल्दै अध्यक्ष शर्माले जनप्रतिनिधि हुनु पुर्व र पश्चात शिक्षाको विकासमा दत्तचित्त भएर लागेको बताएका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना, चिशंखुगढी गाउँपालिकाका समाजिक बिकास समिति सयोंजक एवं वडा नं २ का वडा अध्यक्ष नरेन्द्र बस्नेत, नेकपा एमाले चिसंखुगढी गाउँ पाटी अध्यक्ष जीवन कुमार थापा, पुर्व व्यवस्थापन समितिका अध्यक्षहरुले आआफ्नो मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष बाबू थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक गणेश कुमार घिमिरेले स्वर्गीय दाजु इश्वर घिमिरेको नाममा ५० हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार