डुम्रेधारापानी बि टिमले जित्यो भलिबल प्रतियोगीताको उपाधि

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रेधारापानी युवा खेलकुद कार्यक्रम उपभोक्ता समितिको आयोजनामा सम्पन्न वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा डुम्रेधारापानी बि टीम प्रथम भएको छ ।

दुवेकोल द्धितीय, तरुण दल कुभिण्डे तृतीय र वडा कर्मचारी डुम्रेधारापानीले सान्त्वना स्थान हात पारेका छन् । विजेता टिमलाई ३० हजार, २० हजार, १० हजार र ५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतियोगीतामा डुम्रेधारापानीका झमक मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् । कुभिण्डेका उत्कृष्ट डिफेन्डर, दुवेकोलका केदार निरौला उत्कृष्ट स्पाइकर भएका छन् । उनलाई नगदसहित मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

रावावेशी ४ युवा खेलकुद कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बिनोद अधिकारीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा रावावेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको प्रमुख आतिथ्यता र वडा अध्यक्ष ज्ञान बहादुर पान्डेको विशेष आतिथ्यता रहेको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार