`जनताको मन जितेर निर्वाचित भएका ब्यक्तिले मात्रै नगरको विकास गर्न सक्छ´

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु – नेपाली काङ्ग्रेसबाट सोलु दुधकुण्ड नगरपालिकाको मेयर पदका उम्मेद्वार नाम्गेल जाङबु शेर्पाले जनताको मन जितेर निर्वाचिन भएका ब्यक्तिले मात्रै नगरवासिको हित हुने गरि काम गर्न सक्ने बताएका छन् ।

नेपाली काङ्ग्रेस सोलु दुधकुण्ड नगरपालिका १ टाक्सिन्दु वडा कार्यसमितिले आज(शनिबार) नुनथालामा आयोजना गरेको बृहत चुनावीसभालाई सम्बोधन गर्दै उम्मेद्वार शेर्पाले यस्तो बताएका हुन ।

विपक्षी दलका उम्मेद्वार प्रति लक्षित गर्दै उनले जनतालाई दबाब र प्रभावमा पारेर चुनाव जितिन्छ भन्ने भ्रम त्यागेर चुनावी मैदानमा उत्रिन अपिल गरे । आसन्न निर्वाचन अत्यन्त सौहार्दपुर्ण वातावरणमा हुने भएकाले मतदातले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

उनले भने-“प्रतिपक्षी दलका साथीहरूले यहाँ पैसाको भरमा मत खरिद गर्छु भन्ने सोचमा देखेको छु, यो सिधै जनमतको अपमान हो । मतदान भनेको कहिलै बिक्ने चिज हैन, यसमा हाम्रा मतदाता सचेत छन भन्नेमा म ढुक्क छु ।”

यस्तै उपमेयरका उम्मेद्वार गान्धी माया तामाङले क्षणिक फाइदामा लोभिने ब्यक्ति निर्वाचित भए नरपालिकावासिको दुर्भाग्य हुने दाबी गरिन ।

प्रतिपक्षी दलका उम्मेद्वारलाई लक्षित गर्दै उनले जनताको पक्षको हित भन्दा ब्यक्तिगत हितका लागि मरिहत्ते गर्ने ब्यक्ति नगरको नेतृत्वमा पुगे जनताले पछुताउनु पर्ने दाबी गरिन ।

त्यसैगरी पार्टीका प्रदेश क्षेत्र नम्बर `ख´का सभापति कर्मा शेर्पाले पर्यटकीय जिल्ल्ला सोलुखुम्बुको समग्र विकासका लागि काङ्ग्रेसको नेतृत्व स्थानीय सरकारमा आवश्यक रहेको बताए ।

राजनितीमा नातावाद र कृपावाद नहुने भएकाले सहि नेतृत्व छान्नमा कन्जुस्याइँ नगर्न उनले मतदातालाई आग्रह गरे । काङ्ग्रेस सोलुदुधकुण्ड नगरपालिका १ का सभापति एवं वडाध्यक्ष पदका उम्मेद्वार छोङ्बा लामा शेर्पाले टाक्सिन्दुवासिको सेवाका लागि कसैसँग सम्झौता नगर्ने बताए ।

आफु राजनितीमा ब्यवसायका लागि नभइ सेवाका लागि आएकाले जनताको सेवा गर्दा सन्तुष्ट हुने उनले जिकिर गरे । नुनथालामा भएको उक्त कार्यक्रममा करिब ४०० जना स्थानीयको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार