मदिरा बिक्रि र सेवनमा रोक

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले मदिरा विक्रि र सेवनमा रोक लगाउने भएको छ ।

मौन अवधि शुरु हुने मिति बैशाख २७ देखि निर्वाचनको अन्तिम मतपरिणाम नआन्जेलसम्म निर्वाचन सुरक्षा निर्देशिका २०७८ अनुसार मादक पदार्थ विक्रि वितरण तथा सेवन गर्न निषेध गरिएको प्रशासनद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

सुचनाको बर्खिलापमा त्यस्ता गतिविधि गरे कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार