चुनावी सभामा बास्तोलाले भने, ‘नेचासल्यानमा एमाले जित नजिक’

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष तथा नेचासल्यान गाउँपालिका अध्यक्षका उम्मेदवार डुफ कुमार बास्तोलाले नेचासल्यानमा एमाले जित नजिक रहेको दाबी गरे । मतदाताको घरदैलोमा पुग्दा उनीहरुको प्रतिक्रियाले एमालेको जितका लागि मतदानको प्रक्रिया पुरा गर्न मात्रै बाँकी रहेको दाबी गरे ।

एमाले नेचासल्यानले नेचामा आयोजना गरेको चुनावी सभामा अध्यक्षका उम्मेदवार बास्तोलाले सुर्यलाई बादलले सधैँ छेक्न नसक्ने उदाहरण दिदै चौतर्फी घेराबन्दीका बीचमा पनि नेचासल्यानमा एमालेले जित निकाल्ने बताए । जनताको लहर देखेपछि विपक्षि दलले भष्ट्रचार आरोपको प्रोपोगाण्डा झिकेको बताउदै उनले भष्ट्राचरण प्रमाणित गर्न चुनौति दिए ।

एमाले नेचासल्यानले आगामी ५ बर्ष भित्र गर्ने विषयगत योजनाको प्रतिबद्धता पत्र सार्वजनिक समेत गरेको छ । अपुरा कामलाई पुर्णता दिदै प्रशासनिक भवन, सडक कालोपत्रे, विद्युतीकरण लगायतका क्षेत्रमा काम गर्ने र सम्वृद्ध नेचासल्यानका लागि का मगर्न प्रतिबद्ध रहेको बास्तोलाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार