नेचासल्यानमा २८२ जना महिलाको विशेषज्ञद्वारा उपचार

  हिमाल समाचार
357 Shares

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा २८२ जना महिलाले  निशुल्क सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा चैत्र १८ र १९ गते सञ्चालन गरिएको तल्लो पेट सम्बन्धि निशुल्क शिविरमा गाउँपालिका भित्रका १३ देखि ८८ वर्ष उमेर समुहका महिलाले सेवा लिएको गाउँपालिका उपाध्यक्ष विना राईले बताईन् ।

जसमध्ये उपचारका लागि १६ जना हायर सेन्टरमा रेफर गरिएको गाउँपालिका गाउँपालिका स्वास्थ्य शाखा संयोजक मेघराज कटेलले बताए । उपचारमा स्त्री रोग विशेषज्ञ डाक्टर अनुषा शर्मा, रेडियोलोजिस्ट महेश पाठक, नर्स रितु श्रेष्ठ संलग्न थिए ।

५० प्रतिशत महिलामा आङखस्ने समस्या भेटिएको स्त्री रोग विशेषज्ञ डाक्टर अनुषा शर्माले बताईन् । उपचार अभावमा कहाँ गएर समस्या समाधान गर्ने भन्ने अन्योल भईरहेको समयमा गाउँपालिकामा नै  आयोजना भएको शिविरमा सेवा लिन पाउँदा खुसी लागेको नेचासल्यान गाउँपालिकाकी कुन्तादेशी शर्माले बताईन् । शिविरको गाउँपालिका अध्यक्ष धनजन राईले शनिबार उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार