राईको अध्यक्षतामा ने.वि सघंका २१ सदस्यीय समिति गठन

  हिमाल समाचार
196 Shares

सोलुखुम्बु :  जहाँ स्कुल त्यहाँ नेबिसंघ अन्र्तगत सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ६ मुक्लीको महेन्द्रदोय माध्यमिक विद्यालयमा नेपाल विद्यार्थि संघ इकाई समिति गठन गरिएको छ ।

मिक्सन राईको अध्यक्षतामा २१ सदस्य गठन गरिएको छ । उपाध्यक्षमा सृष्टि बस्नेत र मनोज भुजेल, सचिवमा प्रतिष्टा राई, सहसचिवमा सुरेश भुजेल र जस्मिता राई चयन भएको नेविसंघका जिल्ला सचिव एवम् प्रवक्ता बिभुषण राईले जानकारी दिनुभयो ।
अमृता राईको सभापतित्व तथा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एवम् नेविसंघ पुर्व जिल्ला अध्यक्ष महेन्द्रदिप राईको प्रमुख आतिथ्तामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेबिसंघका अध्यक्ष नविन बस्नेत, थुलुङदुधकोशी गाउँपालिका ६ का सभापति अम्बरकाजी बस्नेत, सचिव खेम बहादुर गुरुङ लगायतको उपस्थित रहेको सचिव राईले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार